प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ।
प्रतिनिधि सभाको आजको बैठकले अमेरिकी सहयोग परियोजना एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरुले धारणा राखेका थिए।
एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो । साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।








