प्रतिनिधिसभामा एमसीसी टेबल भयो, अर्को बैठक फागुन १२ गते बस्ने
- फाल्गुन ८, २०७८
- 0

प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ ।
अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।
सो क्रममा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका उल्लेख्य सांसदहरु पनि प्रस्ताव बाचन हुँदै गर्दा नाराबाजी गरिरहेका थिए भने राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसद पनि नारावाजीमा उत्रिएका थिए ।
सत्तारुढ दलको आजै बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको थियो भने त्यसपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीसम्बन्धी कार्यसूची तय गरेको थियो ।
यसैबीच प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ ।
विवादित बनेको एमसीसी संसदमा टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।