प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

नेकपा एमालेका सांसदहरुको विरोधका बाबजूद आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीकातर्फबाट कानून मन्त्री दिलेन्द्रप्रसाद बडूले पेश थारु आयोगको तेश्रो प्रतिवदेन पेश गरेका थिए ।

साथै बैठकले विभिन्न समयमा दिवङ्गत भएका तीन पूर्वसांसद तथा तत्कालीन संविधानसभाका सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छुट्टाछुट्टै पेश गरेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।