पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २०९ सहित देशभर थप ६८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ जना गरी ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा १७१, ललितपुरमा २४ र भक्तपुरमा १५ जना गरी कुल २०९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८३५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११९०२ पुगेको छ ।








