शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन ।
१०२ वर्षीय जोशीको शरीरमा अक्सिजन कमी भएपछि अस्पताल भर्ना गरिएको हो । सास फेर्न गाह्रो भएपछि सोमबार राति उनलाई ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना गरिएको छ ।
अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यका अनुसार जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ । निमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको उनले बताए ।
कोरोना भएरनभएको जाँचका लागि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








