सोमबारदेखि उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणली हट्ने भएको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरू बसेको बैठकले सोमबार देखि लागु हुनेगरी नयाँ आदेश जारी गरेको हो।

यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने छ । तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको छ ।