पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५६६ सहित देशभर थप १३८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा ११८३ जना र २२०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जना गरी १३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जना गरी कुल ५६६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८७०४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११८१४ पुगेको छ ।