पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ११३० सहित देशभर थप ३६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २२०५ जना र ५०८३ जनाको एन्टीजेन परीक्षण गर्दा १४३२ जना गरी ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा ८६८, ललितपुरमा १७७ र भक्तपुरमा ८५ जना गरी कुल ११३० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७५५५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११७६४ पुगेको छ ।