पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १९०७ सहित देशभर थप ५५८३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३६५७ जना र ६८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १९२६ जना गरी ५५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा १४०४, ललितपुरमा ३०८ र भक्तपुरमा १९५ जना गरी कुल १९०७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८२६७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११७५२ पुगेको छ ।