प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तह निर्वाचनको विषयमा मङ्गलबार छलफल हुँदैछ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रधानमन्त्री देउवासँग दिउँसो दिउँसो ३ छलफल हुँदैछ । प्रधानमन्त्री देउवाले छलफलका लागि आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका हुन ।

प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा छलफल हुने उनले बताए । यसका लागि आयोगका पदाधिकारीसँग छलफल भइरहेको उनले जानकारी दिए ।

स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय सरकारमा निर्वाचित सदस्यहरूको पाँच वर्षे कार्यकाल आगामी वर्षको जेठ ५ मा सकिन्छ । त्यसको दुई महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।