बर्दिया, बढैयाताल गाउँपालिका वडा नं ३ सतपतियामा गएराती भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
राती करिब १० बजेतिर घरको आँगनमा आगो तापिरहेका बेला भे १ क १४२५ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वडा नं ३ सतपतियाकै रामु थारु र सोमबहादुर विक रहेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । पिच सडकमा गुडिरहेको ट्रिपर आगो तापि रहेका माथि गुडेको थियो ।
ट्रिपरले कुल्चेर मृत्यु भएका आफन्त र स्थानीयबासीले क्षतीपूर्तिको माग गर्दै नेपालगञ्ज गुलरिया सडक खण्ड अन्तर्गत भोलागौडीमा सडक अवरोध गरेका छन् ।








