पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६१७२ सहित देशभर थप १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१८ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा ९४३२ र ७८०६ एन्टिजेन परीक्षणमा २५७६ जना गरी जना गरी १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा ४८७५ जना, भक्तपुरमा ५१५ जना र ललितपुरमा ७८२ जना गरी कुल ६१७२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३०४० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६६७ पुगेको छ ।








