शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले भोली (मंगलबार)देखि पुनः कोभिड-१९ विरूद्धको खोप सञ्चालन गर्ने भएको छ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि गत सोमबारदेखि ७ दिनका खोप कार्यक्रम स्थगित गरेको अस्पतालले भोली (मंगलबार)बाट पुन : खोप अभियान सञ्चालनमा ल्याउन लागेको हो ।

सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

भोलिदेखि टेकु अस्पतालमा कोभिड-१९ विरूद्धको खोप अभियान पुन: सञ्चालन हुने