खनालबन्धुको बृहत भेला : महत्वपूर्ण निकायमा खनालहरुको सहभागिता

महत्वपूर्ण निकायमा खनालहरुको सहभागिता देख्दा गौरव लाग्छ–मुख्यसचिव खनाल
news-details

नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागी खनालले निजामति सेवा जनमुखि बनाउन आफू प्रयत्नशिल रहेको बताउनु भएको छ । खनाल सेवा समितिले काठमाडौको हलचोकमा गरेको कार्यक्रममा उहाँले जनमुखि प्रशासनबाट मात्र परिवर्तन सम्भव हुने बताउनुभयो ।

सबै भाषाभाषि र समूदायको संरक्षण गर्नु सरकारको दायित्व भएको भन्दै उहाँले आफ्नो भाषा, रहनसहन, संस्कृति र परम्पराको सबैले इज्जत गर्नु पर्नेमा जोड दिनुभयो । देश भर छरीएर रहेका खनालहरुको आफ्नो छुट्टै पहिचान भएको उहाँको भनाई थियो ।

शसस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले राज्यका महत्वपूर्ण निकायमा खनालहरुको उपस्थिति देखिनु खुशीको कुरा भएको बताउनुभयो । छरीएर रहेका खनालहरुको एकताबाट बल पुग्ने भन्दै एकताकालागि आफू प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।

समितिका अध्यक्ष केदारप्रसाद खनालले हिमाल, पहाड, तराई र सातवटै प्रदेशमा बसोबास रहेका खनालहरुको एकता र सहकार्यकालागि समितिले काम गरी रहेको बताउनुभयो ।

समितिका प्रवक्ता दिपक खनालले खनाल सेवा समितिले आगामी दिनमा तेस्रो वंशावली निकाल्ने तयारी गरी रहेको जानकारी दिनुभयो ।

२०५५ सालमा स्थापना गरीएको समितिमा देशभरका खनालहरुको प्रतिनिधित्व छ । बृहत्त भेलामा राजनीतिक, प्रशासनीक, पत्रकारिता, कलाकारिता, उद्योग व्यवसाय, प्राध्यापन, चिकित्सालगायत बिभिन्न क्षेत्रमा आवद्ध खनालहरुको सहभागिता थियो । सहभागिहरुले भौगोलिकताको आधारमा सबैको प्रतिनिधित्व हुनु पर्ने सुझाव दिएका थिए । भेलाको संयोजन समितिमा सकृय योगदान गर्दै आएका शम्भुप्रसाद खनालले गर्नु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *