सरकारले राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
मंगलबार सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद्को निर्णय पत्रकारहरूलाई सुनाएका थिए।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।
‘राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको छ,’ उनले भने।
मन्त्रिपरिषद्ले फिर्ता बोलाएपछि परराष्टबाहेकका सबै राजदूत स्वदेश फर्कनु पर्नेछ ।








