पछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, २ हजार ९५७ जना संक्रमित निको भएका छन्। सोही क्रममा देशभर थप ८ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ४८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्।








