फुट्यो एमाले : अध्यक्षमा माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल

news-details

माधव कुमार नेपाल नेतृत्वको नेकपा एमाले ९५ जना केन्द्रीय सदस्यसहित एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। योसँगै नेकपा एमाले औपचारिकरुपमा फुटेको छ ।

बुधबार नेकपा एमाले विभाजन गर्दै माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो। माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता राखिएको दलमा अरु सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार साविक नेकपा एमालेका ३१ सांसद नयाँ पार्टी एमाले समाजवादीमा रहेको उनले बताए। एमाले समाजवादीले खुला किताब चुनाव चिह्न राखेको भएपनि उक्त चिह्न उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि अहिले चुनाव चिह्न तोकिएको छैन। नेता पाण्डेले छलफलपछि चुनाव चिह्नबारे निर्णय गर्ने जानकारी दिए।

साबिक एमालेको केन्द्रीय कमिटीका ५८ जनाले दल दर्ताका लागि निवेदन दिएको उनले जानकारी दिए।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *