उपत्यकामा ७७४ सहित देशभर थपिए ३८९९ जना संक्रमित, एकैदिन १७७८ निको हुदा २० को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ७७४ सहित देशभर थप ३८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ४२ हजार ८१७ जना पुगेको छ ।

१२ हजार ६५५ जनामा पीसीआर परीक्षण गर्दा २७२६ र ४८६३ एन्टिजेन परीक्षणमा ११७३ जना गरी ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४७५, ललितपुरका १६७ र भक्तपुरका १३२ जना गरी ७७४ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७७८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९७५८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *