पवन अग्रवाल नेपाल तरुण दलको उद्योग बिभागमा मनोनित

news-details

युवा उद्यमी पवन कुमार अग्रवाल नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

मोरङको बिराटनगर घर भएका अग्रवाललाई नेपाल तरुण विभाग प्रमुख, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पूर्व मन्त्री शंकर भण्डारीले तरुण दलको केन्द्रीय सदस्य भएको मनोनयन पत्र हस्तान्तरण गर्नुभयो ।

अग्रवाललाई नेपाली कांग्रेस केन्द्रीय तरुण बिभागको निर्णय अनुसार मनोनित गरिएको हो । २६ बर्षिय अग्रवाललाई उद्योग वाणिज्य तथा व्यापार समन्वय समिति हेर्ने गरी जिम्मेवारी दिइएको छ ।

अग्रवालका पिता अशोक अग्रवालले २०६२–०६३ को उन्नाईस दिने जनआन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । आन्दोलनको क्रममा प्रहरीको दमनका कारण घाईते भएका पिताको उपचारकै क्रममा निधन भएको थियो ।

 

आफ्ना पिताले प्रजातन्त्रप्रति देखेको सपना पुरागर्न नेपाली कांग्रेस र तरुण दलमा रहेर जिवनभर काम गर्ने अग्रवालले बताएका छन् । अग्रवाल बिभिन्न व्यापार व्यवसाय तथा इभेन्ट अर्गनाइजेशनमा सकृय छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *