विदेशमा अध्ययनका लागि जाने विद्याार्थीलाई ‘नो अब्जेक्सन लेटर’ दिन शुरु

news-details

विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्याार्थीको हकमा तीन महिनादेखि रोकेको नो अब्जेक्सन लेटर (एनओसी) दिन थालेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को महामारीको दोस्रो लहर नेपालमा पनि फैलिँदै गएपछि मन्त्रालयले विद्यार्थीको बढी चाप भएको पाँच देशका लागि एनओसी उपलब्ध गराउन रोक लगाएको थियो ।

धेरै विद्यार्थी विदेशी शैक्षिक संस्थामा शुल्क बुझाएर बसेका छन्, कैयौं भिसा प्राप्त गरेर यात्रा गर्न नपाएर बसेका छन् भने धेरै विद्यार्थीहरू प्रक्रिया आरम्भ गर्ने अवसरको पर्खाइमा रहेका छन् । एनओसी खुलेपछि विद्यार्थीले आफ्नो अध्ययन प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ । असारदेखि परिस्थितिका सुधारोन्मुख बन्दै गएपछि मन्त्रालयको असार २० गतेको निर्णयले असार २१ गतेदेखि लागु हुने गरी जापान, अष्ट्रेलिया, दक्षिण कोरीया, बंगलादेश र चीनमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि एनओसी खुला गरेको मन्त्रालयको एनओसी शाखा प्रमुख एवं उपसचिव नारायण पोखरेलले जानकारी दिए ।

सरकारले अन्तर्राष्ट्रिय उडानको उडान तालिका सार्वजनिक गरेरै तालिकाअनुसार उडान भर्ने तय गरेपछि विदेशमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको लागि पनि एनओसी खुला गरिएको हो ।

०७५÷०७६ आर्थिक वर्षभित्र कुल ६३ हजार २ सय ५९ विद्यार्थी विदेशमा उच्च शिक्षा हासिल गर्न एनओसी लिएका थिए भने ०७६÷०७७मा कुल ३४ हजार ९४ले एनओसी लिएका थिए । यसैगरी ०७७÷०७८का लागि कुल २५ हजार ४ सय ५१ ले एनओसी लिएका थिए ।

नेपाल शैक्षिक परामर्श संघले प्रेस विज्ञप्ति जारी गरी एनओसी नपाएका कारण समस्यामा परेका विद्यार्थीका लागि मन्त्रालयले एनओसी जारी गरेको विषय सकारात्मक रहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *