सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक सकिएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी सामाजिक सञ्जालमा गराएका छन् ।








