पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा १३१ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६९ हजार ६० जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रणबाट कसैको मृत्यु नभएको र कोभिड १९ बाट हालसम्म मृत्यु हुनेको कुल संख्या २०५४ जना पुगेको मन्त्रालयले जनाएको छ ।