पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७२ हजार ५४ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा १९४ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६८ हजार २६६ जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रणबाट ७ जनाको मृत्यु भएको र कोभिड १९ बाट हालसम्म मृत्यु हुनेको कुल संख्या २०४४ जना पुगेको मन्त्रालयले जनाएको छ ।