नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आज सकिँदैछ । माघ १४ गतेबाट शुरु भएको पहिलो चरणको खोप अभियान शनिबारबाट अन्त्य हुन लागेको हो ।
पहिलो चरणको खोप अभियान अन्तर्गत शुक्रबारसम्म लक्ष्य भन्दा ४० प्रतिशत कम नागरिकले खोप लगाएका छन् ।
१० दिनमा चार लाख ३० हजार मानिसलाई खोप लगाउने लक्ष्य राखिएको भएपनि शुक्रवारसम्ममा एक लाख ७१ हजार चार सय ८६ जनाले खोपको पहिलो मात्रा लिएका हुन् ।
देशका दुई सय एक वटा केन्द्रमा मात्र खोप कार्यक्रम सञ्चालन भैरहेको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले चाँडै शुरु गर्दैछ । कोभ्याक्स सुविधामार्फत् दोस्रो चरणको खोप ल्याएर खोप लगाउने तयारी छ ।








