अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

अख्तियारको प्रमुख आयुक्तमा पूर्व गृहसचिव समेत रहेका प्रधानमन्त्री केपी ओली निकट प्रेमकुमार राई नियुक्त भएसँगै उनले राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् ।

आयुक्त भएपनि पछिल्लो समय कार्यबाहकको भूमिकामा रहेका जोशीले संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्तमा तथा सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्तनियुक्त गरेकी थिइन् ।

राईले आजै अख्तियारमा आफ्नो कार्यभार सम्हालिसकेका छन ।