पछिल्लो २४ घण्टामा देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा २०६ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६७ हजार ६५ जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा १ जनाको कोरोना सङ्क्रणबाट कसैको मृत्यु भएको र कोभिड १९ बाट मृत्यु हुनेको कुल संख्या २०३१ जना पुगेको मन्त्रालयले जनाएको छ ।