पछिल्लो २४ घण्टामा देशभर थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा २६४ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६६ हजार ६०० जना पुगेका छन ।
पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रणबाट कसैको मृत्यु नभएको र आइतबारसम्म कोभिड १९ बाट मृत्यु हुनेको कुल संख्या २०२९ जना पुगेको मन्त्रालयले जनाएको छ ।








