पछिल्लो २४ घण्टामा देशभर थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ३३३ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६५ हजार ६९८ जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रणबाट ५ जनाको मृत्यु भएको र हालसम्म कोभिड १९ बाट मृत्यु हुनेको कुल संख्या २०२५ जना पुगेको मन्त्रालयले जनाएको छ ।