देशभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २९६ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा २९६ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६५ हजार ३६५ जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा कोही पनि सङ्क्रमितको मृत्युको नभएको मन्त्रालयले जनाएको छ । हिजोसम्म नेपालमा कोभिडबाट मृत्यु हुने २०२० जना पुगेका छन् भने केही महिना यता बिहीबार पहिलो पटक कोही पनि सङ्क्रमितको मृत्यु नभएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *