निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलायो

news-details

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आयोगले भोली (शुक्रबार) बिहान साढे ११ बजे केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन तयारीसम्बन्धी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

छलफलका लागि दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच पाँच जना व्यक्तिलाई बोलाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले निर्वाचनलाई लक्षित गरेर छलफलका लागि बोलाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *