प्रधानमन्त्रीले कोभिडविरुद्धको खोप अभियान सुरुवात गर्ने

news-details

कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल शुभारम्भ गर्नु हुने भएको छ ।

शुभारम्भसँगै पहिलो चरणअन्तरगत देशभरका खोप केन्द्रहरुबाट खोप अभियान सुरु हुने छ । पहिलो चरणमा करिब चारलाख तीस हजार व्यक्तिहरुलाई खोप लगाउने तयारी सरकारले गरेको छ, जसमा खोपको पहिलो मात्रा करिब सात देखि दश दिनमा दिइसक्ने लक्ष्य सरकारको छ ।

पहिलो मात्रा दिएको चार सातामा दोस्रो मात्रा दिइने छ । पहिलो चरणका लागि आएको जम्मा दशलाख खोप मध्ये लक्षित वर्गको संख्याका आधारमा सबैभन्दा बढी बागमती प्रदेशका लागि खोप छुट्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था पनि सरकारले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ ।

साथै खोप लगाउने व्यक्तिलाई परिचय पत्र दिने व्यवस्था गरिएको छ। त्यही परिचय पत्रको आधारमा मन्त्रालयले खोपको दोस्रो मात्रा सम्बन्धित व्यक्तिलाई दिने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *