कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

news-details

प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रिय कार्यसमिति बैठकले माघ १९, २४ र ३० गते आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । केन्द्रिय कार्यसमितिले माघ १९ गते भ्रातृ संस्थाहरूको विरोध प्रदर्शन, २४ गते शुभेच्छुक संस्थाहरूबाट र ३० गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने भएको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक, आन्दोलनरत दल, सञ्चारमाध्यममाथि गरेको टिप्पणी र अभिव्यक्तिहरुप्रति आपत्ति जनाएको छ । यस्तै सोमबार बालुबाटार आगाडि नागरिक समाजका अगुवाहले गरेको प्रदर्शनमा प्रहरी दमनको विरोध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *