देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २८५ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा २८५ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६४ हजार ८२३ जना पुगेका छन । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.०५ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने २०१७ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा काठमाडाैं उपत्यकमा १७२ जना सङ्क्रमित थपिएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *