पछिल्लो २४ घण्टामा देशभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ४०१ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६४ हजार ५३८ जना पुगेका छन । नेपालमा कोरोना निको हुनेकाे प्रतिशत ९८.०५ पुगेकाे छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने २०११ पुगेको छ ।