मन्त्रिपरिषद्ले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहिद परिवार, घाइते , बेपत्ता, अङ्भङ् भएकाको सम्मान एवं परिचयपत्र प्रदान गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा अन्य मन्त्री रहने गरी गठित कार्यदलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अङ्गभङ्ग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न सुझाव दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको हो ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र युद्धका घाइतेहरुसँग भेट गर्नु भएको थियो ।