बेलायतमा भेटिएको नयाँ कोरोना भाइरस ६० देश पुग्यो

news-details

बेलायतमा भेटिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

स्वास्थ्य संगठनका अनुसार सो भाइरस पछिल्लो एक हप्ताको अवधिमा मात्र विश्वका १० वटा देशमा फैलिएको छ । महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको पनि स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वमा कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । तर नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । तर गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका स्वास्थ्य संगठनको तथ्याङ्क छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *