भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने, खोप विहिबारबाटै आउन सुरु

news-details

भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयमा भारतीय राजदुत विनयमोहन वाक्त्राको उपस्थितिमा आयोजित सयुक्त पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले उक्त जानकारी दिएका हुन ।

उक्त खोप बिहीबारदेखि नै आउन थाल्ने र पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताए । उनले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *