प्रतिनिधि सभा विघटनविरुद्दको रिटमाथि सुनुवाइ शुरु, बहसका लागि आधा घण्टा समय तोकियो

news-details

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि सुनुवाइ शुरु भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइ हेर्दाहेर्दैमा राखी आज पुन : सुनुवाइ भएको हो ।

आजको बहसमा इजलासले वकिलको बहस गर्ने समय आधा घण्टा तोकिदिएको छ ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा धेरै जना वकिलहरुले लामो समयसम्म बहस गर्न थालेपछि इजलासले आजदेखि समय निर्धारण गरिदिएको हो ।

आजको बहसको शुरुमा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राख्दै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नरहेको जिकीर गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *