नेपालसहित छ राष्ट्रलाई अनुदानमा खोप दिने भारतको घोषणा

news-details

भारत सरकारले आजदेखि कोभिड १९ विरुद्धको खोप नेपालसहित छ राष्ट्रलाई अनुदानमा दिने तयारी गरेको छ ।

विभिन्न राष्ट्रले भारत समक्ष औपचारिक रुपमै कोभिड विरुद्धको खोप आपूर्तिका लागि पत्राचार र छलफल गरेपछि भारतको विदेश मन्त्रालयले मंगलबार छ राष्ट्रलाई तात्काल अनुदानमा खोप उपलब्ध गराउन लागेको जानकारी सार्वजनिक गरेको हो । पछिल्लो साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गर्दा खोप आपूर्तिका लागि भारतसँग छलफल गर्नुभएको थियो ।

भारतको विदेश मन्त्रालयले कोभिड विरुद्धको खोप पाउने छ राष्ट्रमा भुटान, मल्दिभ्स, बङ्गलादेश, नेपाल, म्यानमार र सेसिलास रहेको जनाएको छ । घरेलु मागलाई ध्यानमा राखेर साझेदार राष्ट्रहरुलाई आगामी साताहरुमा चरणबद्ध रुपमा खोप आपूर्ति गरिने विदेश मन्त्रालयले प्रष्ट्याएको छ ।

घरेलु उत्पादकलाई स्थानीय माग धान्न पर्याप्त सञ्चिति रहेको अवस्थामा मात्र विदेशमा आपूर्ति गरिने मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले श्रीलङ्का, अफगानिस्तान र मौरिससको नियामक निकायबाट खोप आपूर्ति गर्ने बाटो खुला गर्ने निर्णय पर्खेको समेत जनाएको छ ।

भारतको औषधी नियामक विभाग९डीसीजीआई०ले यसै महिनाको सुरुवातमा अक्सफोर्डको कोभिड १९ विरुद्धको खोप (कोभिशिल्ड) र भारत बायोटेकको उत्पादन कोभ्याक्सिनलाई आपातकालीन प्रयोगको अनुमति दिएको थियो ।

आष्ट्राजेनेकाको कोभिशिल्ड खोप विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटले घरेलु स्तरमा उत्पादन गर्दैछ । भारत बायोटेकले भने आफ्नै खोप बनाएको छ । जसलाई कोभ्याक्सिन नाम दिइएको छ ।

भारतमा हालसम्म चार लाख ५४ हजार ४९ जनाले कोभिड विरुद्धको खोपको पहिलो शट लगाइसकेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *