देशभर थप २४० जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ४७७ संक्रमणमुक्त
- शनिबार, ३ माघ, २०७७
- 0

पछिल्लो २४ घण्टामा देशभर थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ४७७ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ जना पुगेका छन ।
यस्तै पछिल्लो चौबीस घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने १९५४ पुगेको छ ।