न्यायाधीश भेटेको हल्ला फैलाएर न्याय प्रणालीमाथि विश्वास हटाउन षड्यन्त्र गरियो : प्रधानमन्त्री

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय केहि न्यायाधीश भेटेको भन्ने हल्लाप्रति कुनै सत्यता नरहेको बताएका छन ।

नेकपा प्रदेश १ भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायाधीशहरु भेटेको हल्ला फैलाएर न्यायालय र न्याय प्रणालीमाथि विश्वास हटाउन षड्यन्त्र गरिएको बताउनुभएको छ ।

‘प्रधानमन्त्रीले केही न्यायाधीश भेटेको भनेर हल्ला गरियो,’ उहाँले भन्नुभयो, ‘ती नाम गरेका न्यायाधीशलाई अहिले होइन, कहिले भेटेको छैन । सपना प्रधान मल्ललाई न्यायाधीश हुनुभन्दा अगाडि भेटेको हो । अरुलाई म चिन्दा पनि चिन्दिनँ ।’

शुक्रबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला सर्वोच्च अदालतका चार न्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको थियो ।

विघटनको मुद्धामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा अधिवक्ता शशी श्रेष्ठले यसबारे प्रश्न उठाउनु भएको थियो ।

यस्तै नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई काम रोक्न दबाब दिएर गैरजिम्मेवार अराजनीतिक कार्य गरेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन सामना गर्न प्रचण्ड–नेपाल समूहलाई चुनौती दिनुभयो ।

कार्यक्रममा नेकपा नेताहरु सुवासचन्द्र नेम्वाङ, प्रभू साह, छविलाल विश्वकर्मालगायतले सम्बोधन गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *