प्रतिनिधि सभा विघटनविरुद्ध आज देशभरका सबै स्थानीय तहमा कांग्रेसको विरोध प्रदर्शन

news-details

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध शनिबार (आज) देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गर्नु भएको छ ।

सोही अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरेको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *