भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान शुरु, पहिलो चरणमा तीन करोडलाई खोप दिइने

news-details

एजेन्सी / भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत कर्मचारीलाई खोप दिइने भारत सरकारको योजना छ ।

जसका लागि ६६ करोड डोज खोप आवश्यक पर्ने स्वास्थ्य अधिकारीको भनाइ छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिनको अन्तरालमा दुई डोज खोप लिनुपर्ने जनाएको छ ।

यसअघि गत ३ जनवरीमा केन्द्र सरकारले पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिसिल्ड तथा भारत बायोटेकको कोभ्याक्सिनलाई आकस्मिक उपयोगका लागि अनुमति दिएको थियो ।

भारतले कोरोना भाइरसविरुद्धको खोपका लागि एचसीक्यू मोडेल अपनाइएको छ । खोपका लागि प्राथमिकताका आधारमा ४ समूह निर्धारण गरिएको छ । जसमध्ये पहिलो दुई समूहमा स्वास्थ्य सेवा प्रदायक सहित अग्रपंक्तिका कर्मचारी पर्ने छन् ।

अन्य दुई समूहमा ५० वर्षमाथिको उमेरका नागरिक र कुपोषणग्रस्त बालबालिकालाई रहनेछन् । जसमा करिब २७ लाख भन्दा जनसंख्या समेटिने उल्लेख छ । खोपका लागि को–विन नामक एक मोबाइल एप समेत निर्माण गरिएको छ । त्यसमा ७० लाख ३३ हजार भन्दा बढी स्वास्थ्यकर्मी सूचीकृत भएका छन् ।

कोभिड–१९ खोप भण्डारणका लागि भारतभर २९ हजार कोल्ड चेन विन्दु समेत तय गरिएको जनाइएको छ । भारतमा हालसम्म एक करोड ५ लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने डेढ लाख बढीको मृत्यु भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *