संघीय संसद सचिवालयले पुस ५ गते दर्ता भएको अविश्वासको दर्ता समयलाई लिएर विभिन्न संचारमाध्यममा आएको समाचारले गम्भिर ध्यानाकर्षण गराएको बताएको छ ।
बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले ध्यानाकर्षण भएको जनाउनुभएको हो ।
अश्विासकासको प्रस्ताव प्रतिनिधी सभाका सम्माननीय सभामुख समक्ष पेश गरि कार्यव्यवस्था शाखा (प्रतिनिधी सभा) मा दर्ता हुने प्रचालन रहेको र २०७७ पुस ५ गतेका दिन पनि सभामुखलाई सम्बोधन गरेर विधिवत् रुपमा पेश भएर, सभामुखको तोक आदेश भएपछि सोही दिन अपरान्ह ३ः३० बजे कार्यव्यवस्था शाखा (प्रतिनिधी सभा) मा दर्ता भएको कुरा जानकारी गराइएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।









