प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलनलाई सम्बोधन गर्दै उनले हरित यात्रामा एकसाथ अगाडि बढ्न नेपालले सबै मुलुकको साथ अपेक्षा गरेको बताएका हुन् ।
हरित वृद्धि र हरित पुनरुत्थान प्रवद्र्धन गर्न नेपालले सफा तथा नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवर्द्धनमा जोड दिएको बताए ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय सन्तुलन कायम राख्न हिमालको महिमा बोध गर्न पनि विश्व समुदायलाई आग्रह गरेका छन् ।
उनले नेपाल जलवायु उत्थानशील विकासको प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको र कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील रहेको पनि बताए । पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १ दशमलब पाँच डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन नेपालले गरेको पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
नेपालले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २ सय ३५ बाट तीन सय पाँच पुर्याउने र जैविक विविधताको जगेर्ना गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।








