पछिल्लो २४ घण्टामा देशभर थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
उपत्यकाको काठमाडौंमा ३२८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना संक्रमित भेटिएका हुन ।
यस्तै पछिल्लो चौबीस घण्टामा १०६४ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ३१ हजार ६०१ जना पुगेका छन ।
यस्तै पछिल्लो चौबीस घण्टामा १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १६६३ पुगेको छ ।








