पछिल्लो २४ घण्टामा देशभर थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा १६२१ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख २९ हजार ५४ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा २३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।