उपत्यकाका ७२३ सहित देशभर थप १४९० जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १५६७ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ७२३ सहित देशभर थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

उपत्यकामा काठमाडौंका ६३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जनामा संक्रमण भेटिएको हो ।

यस्तै पछिल्लो चौबीस घण्टामा १५६७ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख १८ हजार १६१ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १५३८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *