नेकपाका दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरु : बैठक बुधबार पुनः बस्ने

news-details

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दहाल प्रचण्डका छुट्टाछुट्टै प्रतिवेदन माथि छलफल स्रुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लैजाने वा अलग अलगरुपमा लैजाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालय बैठक भोली पुनः बस्ने बताईएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *