देशभर थप १४७५ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १९३१ संक्रमणमुक्त हुदा २९ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या लाख ३३ हजार ४५२ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा १९३१ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख १४ हजार ५२१ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा २९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १५०८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *